ढोग नगरेको भन्दै कुटपिट, २० वर्षीय युवकको मृत्यु

ढोग नगरेको भन्दै कुटपिट, २० वर्षीय युवकको मृत्यु

ghanashyam-1698234570

ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  बागचौर नगरपालिका – ७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम वली रहेका छन्।

बागचाैर नगरपालिका – ७ कोटबारा, पुरानछापका वलीमाथि बागचौर– ८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले कात्तिक ४ गते कुटपिट गरेका थिए।

गाउँको भलिबल खेल्ने मैदानमा सबैजना सहभागी थिए । स्याँला गाउँबाट आएका केशर र सन्तोषले घनश्यामलाई ‘हामीहरू तेरो दाई पर्छौं ढोग गर’ भनेर भनेका थिए । तर, घनश्यामले ढोग दिएनन् । त्यसपछि उनीहरूले कुटपिट गरेका थिए ।

घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको खबर आएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।

कुटपिटमा संलग्नमध्ये सन्तोष पक्राउ परेका छन्। उनलाई दाङ प्रहरीको सहयोगमा बुधबार पक्राउपछि सल्यान ल्याउन लागिएको डिएसपी कार्कीले बताए। केशर भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

‘मंगलबार मात्रै प्रहरीलाई घटनाबारे जानकारी दिइएको थियो,’ डिएसपी कार्कीले भने, ‘भलिबल खेल हेर्न गएका घनश्याम माथि अनाहकमा दुई युवाले मिलेर कुटपिट गरेका थिए।’

पक्राउ परेका सन्तोषलाई जिल्ला ल्याई सोधपुछ गरेपछि थप कुरा खुल्ने डिएसपी कार्कीले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ