हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत क्याप्टेन सेढाईंको मृत्यु भएको मनाङ एयर प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
विज्ञप्ति जारी गर्दै प्रालिले भनेको छ, ‘चिकित्सकहरुको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा उहाँको दुःखद निधन भएको व्यहोरा जानकारी गराउँदछौं । उपचारका क्रममा सहयोग पुयाउनु हुने अस्पताल, चिकित्साकर्मी, परिवारजन तथा शुभेच्छुकमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।’
मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत असोज २७ गते बिहान सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेपछि उनी जलेर गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो ।
तीन महिनाको अवधिमा दुई पटक मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङको अपरेटर सर्टिफिकेट निलम्बन गरेको थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो