हङकङलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० शृङ्खलाकाे फाइनलमा

हङकङलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० शृङ्खलाकाे फाइनलमा

Cricket

काठमाण्डौ। त्रिदेशीय टी-२० सिरिजमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको छ। शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो।

नेपालले ३ खेलबाट ६ अंक बनाएको छ। सिरिजमा २ खेल खेलेको हङकङ र एक खेल खेलेको यूएई अंकविहीन छन्।

नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो।

याे खेल जित्दै नेपाल १ खेलअघि नै फाइनल पुगेकाे छ । भने, नेपालले अन्तिम खेलमा आउँदाे साेमवार यूएईसँग खेल्नेछ ।

यसअघि बिहीवार भएकाे हङकङसँगकै खेलमा नेपाल ६ विकेटले र बुधवार भएकाे यूएईसँगकाे खेलमा ७ विकेटले विजयी भएकाे थियाे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ