कास्कीका सांसद गुरुङलाई सवा लाख राशिको राष्ट्रिय संरक्षण पुरस्कार

कास्कीका सांसद गुरुङलाई सवा लाख राशिको राष्ट्रिय संरक्षण पुरस्कार

Man Bahadur Gurung

पोखरा । कास्कीका प्रतिनिधिसभा सांसद मनबहादुर गुरुङ सम्मानित भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औँ वार्षिकोत्सवको अवसरमा संरक्षक संरक्षण पुरस्कारबाट गुरुङ पुरस्कृत भएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापनादेखि विस्तारमा उनले उल्लेख्य भूमिका खेलेका थिए ।

गुरुङलाई १ लाख २५ हजार राशिको पुरस्कार वितरण गरिएको हो । २०५४ सालमा पार्चे गाविसको अध्यक्ष हुँदा उनी संरक्षण क्षेत्र व्यवस्थापन समितिको पदेन सदस्य भएर काम गरे । माओवादी जनयुद्धमा समिति गाउँबाट विस्थापित भयो । पुनः स्थापनापछि निरन्तर उनी नै अध्यक्ष भएर काम गरेका थिए ।

सोही समयमा मूल्याङ्कन तथा अनुगमन समितिको अध्यक्ष भएर पनि काम गरे । यसले सिक्लेस इलाकाको ७ गाविस समेट्थ्यो । सन् २०१४ मा समितिले राम्रो काम गरेका कारण उनले नेतृत्व गरेको समितिले युनएनडीपीको पुरस्कार समेत जितेको थियो । निरन्तर संरक्षणमा लागिरहेका गुरुङलाई पहिलो पटक व्यक्तिगत पुरस्कार दिइएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ