पोखरा महानगरमा एकैदिन १४ वडाका ६० पसलमा अनुगमन, १५ हजार जरिवाना

पोखरा महानगरमा एकैदिन १४ वडाका ६० पसलमा अनुगमन, १५ हजार जरिवाना

'अधिकांश पसल बिना दर्ता संचालन, भएकाको नविकरण छैन'

ph 3

पोखरा । पोखरा महानगरपालिकाले शुक्रबार महानगरभित्र सञ्चालित मासुु र खाद्यान्न पसलमा अनुुगमन गरेको छ । नेपालीहरुको ठूलो चाड दशैँमा महानगर धेरै मासु खपत हुने र त्यसले नागरीको स्वास्थ्यमा असर गर्ने भएकाले मासुु पसलमा धेरै समुह बनाएर अनुगमन गरेको हो ।

पोखरा महानगरपालिका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा पाँच वटा समुह बनाएर महानगरका १४ वटा वडाका मासु र खाद्यान्न गरी ६० पसल अनुगमन गरेको छ । दुुई पासु पसल र एक खाद्यान्न पसललाई १५ हजार जरिवाना समेत गरेको छ ।

पोखराका वडा नम्वर १,२,४,५,६,७,१०,११,१२,१३,२४,१५,३० र ३१ नम्वर वडामा सञ्चालनमा रहेका मासु र खाद्यान्नका ६० वटा पसलमा अनुुगमन गरेको हो । अनुुगमनमा सम्वन्धित वडाका वडाअध्यक्ष, वडा सदस्यहरु सहित महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, महानगर सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुुगमन समितिका सदस्यसचिव भरतराज पौडेल, पशुु सेवा शाखाका प्रमुख नवराज अधिकारी, पशुु स्वास्थ्य अधिकृत झलककृष्ण भण्डारी, पशुु स्वास्थ्य अधिकृत एकनारायण ढकाल, पशु सेवा अधिकृत राजेन्द्र लामिछानेको नेतृत्वमा खटिएको टोलीले १४ वटा वडामा अनुुगमन गरेको हो । अनुुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुुकुन्दराज पौडेल, गुुणस्तर तथा नापतौल कार्यालय पोखराका रघुुनाथ पौडेल, महानगर पुश सेवा शाखाका पुष्पराज अधिकारीको सहभागीतामा अनुगमन गरिएको हो ।

अनुुगमनका क्रममा पसल दर्ता÷नविकरण नगरेको, बहाल कर नतिरेको, सरसफाईमा ध्यान नदिएको फेला पारेको हो । अनुुगमन टोलीले पोखरा–४ मा सञ्चालनमा रहेको मोहमद फ्रेस हाउस, पोखरा–४ कै जमाल फ्रेस हाउस, पोखरा–२ को सक्षम किराना स्टोर्सलाई ५÷५ हजार जरीवाना गरिएको छ । मोहमद फ्रेस हाउस र जमाल फ्रेस हाउसबाट बासीको बोसो दश केजी, बोकाको टाउको एक वटा र सक्षम किराना पसलबाट म्याद नाघेका बदम जुुस दुुई बट्टा गरी १५ मुल्य बराबरको मासुु र जुस नष्ट गरिएको महानगर बजार अनुगमन समितिले जनाएको छ ।

अनुुगमनका क्रममा पसल फोहोर र अव्यवस्थित, व्यवसाय दर्ता नगरेको, कुुखुरा, खसि, कालिज लगायत सबैको मासु एकै ठाँउमा राखेर बेचबिखन गरेको, बधशाला नभएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम ५ हजार जरिवाना गरेको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोेटाले बताए । अनुुगमनका क्रममा दर्ता नभएका र मापदण्ड पुरा नगरेका पसललाई पोखरा महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालय र सम्वन्धित वडा कार्यालयमा कात्तिक १२ र १३ गते भित्र उपस्थित हुन लिखित निर्देशन दिइएको छ ।

पोखरा महानगरले गत वर्ष अनुुगमन गरेपछि बजारमा सुधार देखिएको भएपनि जति हुनुुपर्ने हो त्यती नभएको महानगरका उपप्रमुख मञ्जुुुदेवी गुुरुङले बताइन् । उनले पसल विना दर्ता सञ्चालन भएको पाइएकाले वडा कार्यालयहरुले अनुुगमन गर्नुपर्ने र महानगरले पनि निरन्तरता दिने बताइन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ