त्रिकोणात्मक टी–२० : हङकङमाथि नेपालको शानदार जित

त्रिकोणात्मक टी–२० : हङकङमाथि नेपालको शानदार जित

Cricket team

पोखरा । त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपालले हङकङमाथि ६ विकेटको सानदार जित निकालेको छ ।

हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । कप्तान रोहिन पौडेलले नटआउट २५ तथा गुल्सन झाले नटआउट १४ जोडे ।

कुशल भुर्तेलले ८ रन जोडे । सन्दीप जोरा ३ र कुशल मल्ल १ रनमा आउट भए ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

हङकङलाई खेल सकिन ३ बलअघि नै अल आउट गर्ने क्रममा करण केसीले ४ विकेट लिए ।

नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले सिरिजको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो ।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ