‘पत्रकार हुँ’ भन्दै दसैँ खर्च माग्ने पक्राउ

‘पत्रकार हुँ’ भन्दै दसैँ खर्च माग्ने पक्राउ

baraaa

बारा । आफू ‘पत्रकार हुँ’ भन्दै पत्रकार र प्रहरी लगायतको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल रहेका छन् ।

उनले पत्रकार हुँ भनी दर्ता नै नभएको अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुट्टा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको आरोप छ ।

साथै, यसबापत दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले वर्णवाललाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ