सडकमार्गबाट साढे ३ लाखले छाडे काठमाडौं, भोलि र पर्सिदेखि बाहिरिनेको संख्या बढ्ने

सडकमार्गबाट साढे ३ लाखले छाडे काठमाडौं, भोलि र पर्सिदेखि बाहिरिनेको संख्या बढ्ने

नागढुंगा नाकामा छैन जाम

nagdhunga 11

दसैं मान्न साढे ३ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र भट्टका अनुसार आइतबार घटस्थापनादेखि बिहीबार बिहानसम्म साढे ३ लाख मानिसले काठमाडौं छाडेका छन् ।

काठमाडौं उपत्यकाका चार वटा नाकाबाट मानिसहरू बाहिरिएका छन्। नागढुंगा, जगाती, फर्पिङ र मुर्खु हुँदै मानिसहरू दसैं मनाउन घर फर्किएका हुन्। साढे ३ लाख बाहिरिए पनि नाकाहरूमा जाम भने त्यति छैन।

ठूला १२ चक्के मालबाहक सवारी साधनलाई चितवनबाटै रोक्ने निर्णय भएपछि काठमाडौंबाट बाहिरिन पनि सहज हुने गरेको हो। अत्यावश्यक सामग्रीबाहेक अन्य सामग्री बोकेका ठूला गाडीलाई रोकिएको छ।

यस्तै, सवारी साधन बिग्रिएमा त्यसलाई हटाउन पनि ट्राफिक प्रहरीको गाडी पनि राखिएको छ।

शुक्रबार र शनिबारदेखि भने मानिसहरू बाहिरिनेको संख्या पनि बढी हुनेछ । ‘भोलि र पर्सिदेखि बाहिरिनेको संख्या बढ्ला। धेरैको कार्यालयहरू भोलिदेखि बिदा हुने भएकाले पनि बाहिरिनेको संख्या बढ्छ,’ एसएसपी भट्टले भने, ‘सवारीको चाप पनि त्यसअनुसार बढ्छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ