फेवातालमा डुङ्गा चालकको मापसे जाँच

फेवातालमा डुङ्गा चालकको मापसे जाँच

dunga mapase

पोखराको फेवातालमा डुंगा चलाउने चालकहरूको मादक पदार्थ सेवन (मापसे) जाँच गरिएको छ। लेकसाइडस्थित फेवातालमा डुंगा चालकहरूको मापसे जाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

समयसमयमा डुंगा दुर्घटना हुने घटनालाई मध्यनजरमा राखेर वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक पोष्ट बैदामले चालकहरूको मापसे जाँच गरेको हो।

बुधबार गरिएको जाँचमा कसैले पनि मापसे नगरेको अस्थायी ट्राफिक पोष्टका प्रमुख वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले जानकारी दिए।उनले डुंगामा सवार गर्ने यात्रु र चालकको सुरक्षाका लागि केही समय अघि पनि यसरी मापसे जाँच गरिएको बताए।

‘मापसे गरेका कारणले गर्दा चालक समेत डुब्ने, डुंगा डुब्ने घटनाहरू हुनसक्ने भएकाले पनि सुरक्षाका लागि यसो गर्न थालिएको हो,’ केसीले भने, ‘मापसे गरिएकै कारण कतिपय यात्रु समेतले डुंगा चलाउन खोज्ने गरेका छन्। त्‍यसलाई पनि नियन्त्रण गर्न खोजेका हौं।’

यात्रुहरूले लाइफ ज्याकेट लगाए/नलगाएको पनि हेर्ने गरिएको उनले बताए। यसरी कसैले मापसे गरेको पाइएमा अहिलेलाई सचेत गराउने गरेको पनि उनी बताउँछन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ