पोखरामा मेडिकल संचालक नै लागु औषध कारोवारमा संलग्न, एक जना पक्राउ

पोखरामा मेडिकल संचालक नै लागु औषध कारोवारमा संलग्न, एक जना पक्राउ

Arrested

पोखरा। कास्की प्रहरीले लागु औषधसहित एक मेडिकल संचालकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -६ लेकसाइड डिहिकोपाटनमा ‘जिना मेडिकल हल’ संचालन गर्दै आएका सर्लाही ईश्वरपुर नगरपालिका -१ घर भएका २८ वर्षीय सबिन चौधरीलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चौधरीले उक्त मेडिकलबाट लागु औषध बेचबिखन गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले लुकाई छिपाई राखिएको अवस्थामा लागु औषधसहित उनलाई पक्राउ गरेको हो।

प्रहरीले चौधरीको मेडिकलबाट डाईजापाम २८ एम्पुल, फेनारागन ३१ एम्पुल, नुर्फिन २९ एम्पुल गरी कूल ८८ एम्पुल लागु औषध बरामद गरेको छ।

उनीमाथि लागु औषध मुद्धामा जिल्ला अदालत कास्कीबाट अनुमति लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds