यसपालिको लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । ६९ प्रतिस्पर्धीलाई पछि पार्दै ११ औँ संस्करणको उपाधि गजेन्द्रले उचालेका हुन् ।
निर्धारित १३.५ किलोमिटर दुरी उनले ५६ मिनेट ३६ सेकेन्डमा पूरा गरे । उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गरे । उनले नगद १ लाख पुरस्कार र श्रीपेच पाएका छन् ।
दौडमा आर्मीकै नरेन्द्र सिंह रावत दोस्रो र साबिक विजेता अनीश थापा तेस्रो बने । रावतले ५६ मिनेट ५३ सेकेन्डमा दुरी पार गरेका हुन् भने थापाले ५८ मिनेट ३५ सेकेन्डमा पार गरे ।
दोस्रो भएका रावतले ५० हजार र तेस्रो हुने थापाले २५ हजार पुरस्कार पाए । दौडमा २१ जना स्थानीय धावक सहित कुल ७० जनाको सहभागिता थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपे घाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, सभा चौतारो हुँदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सकिएको संस्थाका अध्यक्ष सञ्जीव राना मगरले जानकारी दिए ।
नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो। पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भएपनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ। वि.सं. १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो। तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ। कोरोना कालमा ३ वर्ष भने प्रतियोगिता हुन सकेन ।
सम्बन्धित खबर
भूकम्पपछि बारपाक गाउँको मौलिक चिनारी बचेन
बैशाख १२ः बिर्सन नसकेको भूकम्प
नेपाल पत्रकार महासंघ गोरखामा निर्विरोध नेतृत्व
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध