काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ मा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिएर भागेको विद्युतीय गाडी सुन्दरबस्तीस्थित सडकको नालीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको र ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिकाकी वर्ष २० की रमिला बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापश्चात् उपचारका लागि अस्पताल पुर्याइएकामा बिहान साढे ७ बजे उनलाई मृत घोषणा गरिएको प्रहरीले बताएको छ।
बिहान ६ः४५ बजे बागमती प्रदेशको ०३–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडीले काठमाडौंबाट इलाम जाँदै गरेको ६४ प १७७२ नम्बरको मोटरसाइकललाई पनौतीमा ठक्कर दिएको थियो। रामेछाप जाँदै गरेको उक्त गाडी सडकको नालीमा खस्न पुगेको प्रहरीले बताएको छ।
दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिकाकी वर्ष २३ की पुष्पा तामाङ, लिखुतामाकोसी गाउँपालिका–२ बस्ने ५१ वर्षीय टंकप्रसाद दाहाल घाइते भएका छन्।
रामेछाप मन्थली नगरपालिका–२ की ३० वर्षकी ज्ञानु ढुंगेल, मन्थली नगरपालिका– १ बस्ने वर्ष १८ का रकिट ढुंगेल र लिखुतामाकोसी गाउँपालिका– ६ बस्ने वर्ष ३८ का अनिल आलेमगर पनि घाइते भएका छन्। उनीहरू गाडीमा सवार थिए।
मोटरसाइकलमा सवार चालक इलाम थाकथुम गाउँपालिका–३ का रामकुमार राई र उनकी पत्नी प्रविशा सुनुवार पनि दुर्घटनामा घाइते भएका छन्।
उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
सम्बन्धित खबर
नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक
बदली, वर्षा र हिमपातको सम्भावना
एमाले बिनाको नेपाल? नातिको पालामा पनि आश नगरे हुन्छ: प्रधानमन्त्री
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौँ ल्याइँदै
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित