पोखरा । पोखरामा ३५ वर्ष माथिका पुरुष बिच भएको दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी पोखरा १९ को चनौटेले जितेको छ ।
पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानिय बाटुलेचौर खेल मैदानमा बडादशैंको अवसरमा आयोजित प्रतियोगितामा आईतबार भएको फाईनलमा लामाचौरलाई लगाातार ३ सेटमा हराउँदै चनौटे टिमले उपाधि हात पारेको हो ।
उपाधिसँगै चनौटेले च्यांङ्ग्रा, मेडल ट्रफी र प्रमाणपत्र तथा उपविजेता लामाचौरले भेडा, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । विजेता र उपविजेता टिमलाई पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक मिन वहादुर गुरुङले पुरस्कार प्रदान गरे ।

समापन कार्यक्रममा वोल्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले टोल विकास संस्थाहरुले गर्ने शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विकास निर्माण र सामाजिक कार्यमा स्थानिय सरकारले सधै सम्वन्य गर्ने स्पष्ट पारे । संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक मिन वहादुर गुरुङले वडादशैं सामाजिक सद्भाव र एकताको प्रतिक भएको बताउँदै, यस्ता कार्यक्रमले एक आपसमा भाईचारा वृद्घी गर्ने बताए ।
उनले सबैको सहकार्यवाट कार्यक्रम सफल भएको वताउँदै, आगामी वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिईने बताए । कार्यक्रममा ह्याण्डवलकी अन्तर्राष्ट्रिय खेलाडी विमला भुजेल, जेष्ठ नागरिक दिल वहादुर गुरुङ र वीर वहादुर तामाङलाई मायाको चिनो सहित दोशल्ला ओढाएर सम्मान गरियो । कार्यक्रममा विभिन्न सहयोगदाता, प्रायोजक, स्वास्थ्यकर्मि, कलाकार, लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
तीन दिनसम्म संचालन भएकोे प्रतियोगितामा पोखराका १, १६, १९ र २० नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी १० टिमले सहभागिता जनाएका थिए । समापनका अवसरमा स्थानिय कलाकार इशु गुरुङ, प्रतिमा गुरुङ, राजेश तामाङ र खुशीमान गुरुङले मौलिकता झल्कने साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो