नेपालकै सर्वाधिक राशीको फुटसल उपाधि नजिक मेन्टेन एफसी र ढुकु हब

नेपालकै सर्वाधिक राशीको फुटसल उपाधि नजिक मेन्टेन एफसी र ढुकु हब

futsal ppp

पोखरा । पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र काठमाडौंको ढुकु हब फाइनल प्रवेश गरेका छन् ।

नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र ढुकु एफसीले फाइनलमा भेट पक्का गरेका हुन् ।

राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेन्टेन एफसीले आयोजक राजन एण्ड द ब्रदर्श टीम ‘बि’लाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा मेन्टेनको जितमा जेनिश प्रजापतिले निर्णायक गोल गरेका थिए ।

यस्तै दोस्रो सेमिफाइनलमा खेलमा काठमाडौंको ढुकु फुटसल हबले सविन मेमोरियललाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

ढुकुको जितमा अमित लामा, अभय राणा र बिक्रान्त लामाले समान १÷१ गोल गरे । भने सबिन मेमोरियल लागि विजय श्रेष्ठले सान्त्वना गोल गरे ।

मेन्टेन एफसी र काठमाडौंको ढुकु फुटसल हबले पोखरा रंगशालाको कभर्ड हलमा बिहान ११ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ ।

आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ