पोखरा । यस वर्षको ‘पुलिस ब्याटन’ गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । केन्द्रीय मूल्याङ्कन समितिले गरेको कार्यदक्षता मूल्याङ्कनमा गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट भएको हो ।
६८ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ‘प्रहरी ब्याटन’ प्रदान गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआइजी बुद्धिराज गुरुङलाई अवार्ड प्रदान गरेका छन् ।
मूल्याङ्कन समितिको सिफारिसको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी उत्कृष्ट जिल्ला घोषित भएको छ । इलाकातर्फ इलाका प्रहरी कार्यालय बुटवल उत्कृष्ट भएको छ । इप्रका बुटवलका डिएसपी दान बहादुर थापालाई अवार्डेड भएका छन् ।
चौकीतर्फ इलामको श्रीअन्तु प्रहरी चौकी उत्कृष्ट हुन सफल भएको छ । गणतर्फ बाँकेस्थित खजुरीमा अवस्थित प्रहरी गण उत्कृष्ट भएको छ । तालिम केन्द्रतर्फ दुधौली तालिम केन्द्र र नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुर उत्कृष्ट भएका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र डिआइजी यज्ञ विनोद पोखरेल सहितको मूल्याङ्कन टोलीले देशभरका प्रहरी कार्यालयमा पुगेर ‘कार्यदक्षता मूल्याङ्कन’ गरेका हुन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने