पोखरा । १ सय ६ वर्षीया पोखराकी जेष्ठ नागरिक कलावती बरालको निधन भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ पार्दी विरौटा निवासी कलावती बरालको सोमबार निधन भएको परिवारले जनाएका छन् ।
बरालको निवासबाटै शवयात्रा निकाली रामघाटमा अन्तिम अन्त्येष्टि गरिँदैछ । पोखरा २२ पुम्दी भुम्दी घर भएका समाजसेवी स्व।डिल्लीराम बरालकी धर्मपत्नी कलावतीको निवासमै निधन भएको हो ।
पोखराका समाजसेवी तथा उद्योग व्यवसायी एवं पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल मातृशोक परेको छ । कलावतीका हाल ४ छोरा र १ छोरी छन् । ५ छोरा र २ छोरी मध्ये एक छोरा रएक छोरीको निधन भइसकेको छ ।
विशाल महादेव मूर्ति निर्माण समितिका संयोजक समेत रहेका चन्द्रकान्त बराल स्व।कलावतीका साइला छोरा हुन् । स्व।कलावतीका अन्य छोराहरुमा बासुदेव, टिकाराम, निर्मलराज बराल छन् भने बुद्धिकला पौडेल एक छोरी छन् ।
सम्बन्धित खबर
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ