पोखरा लेकसाइडको डिहिकोपाटनमा मार्फा थकाली भान्छा घर सञ्चालनमा आएको छ । पोखराको गैह्रापाटनमा ‘स्टेशन द फुड क्लब’ सञ्चालन गर्दै आएका आयुष श्रेष्ठले ‘मार्फा थकाली बाइ स्टेशन’ सञ्चालनमा ल्याएका हुन् ।
आफ्नै भवनबाट संचालनमा आएको थकाली भान्सा घरमा दुई करोड लगानी भएको निलिमा हिराचन श्रेष्ठले बताइन् । आज विजयादशमीको घटस्थापनाको दिनबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको मार्फा थकालीमा नाम मात्रैको थकाली नभई स्वादसहितको थकाली खाना ग्राहकले पाउनेछन् ।
रेष्टुरेन्टमा आवश्यक पर्ने फापर, आलु, दाल लगायत मार्फाबाट ल्याइनेछ । यसका अलावा पोखरा तथा यस आसपासका अर्गानिक खानेकुरा स्वाद दिने प्रयासमा रहेको आयुषले बताए । उनले फेवाफाँटको जेठोबुढो, जुम्लाका मार्सी लगायतको ग्राहकको माग अनुसारको खाना समेत उपलब्ध गराउने बताए ।
मार्फामा नै उत्पादन भएको फापर, आलु र दालको स्वाद ग्राहकलाई उपलब्ध गराउने लक्ष्य छ । यसका अलावा पोखरा तथा यस आसपासका अर्गानिक खानेकुरा समेत पाइनेछ । ग्राहकले आफूले रोजेको चामलको खाना खान ३० मिनेट कुर्नुपर्ने उनले बताए ।
मार्फा थकालीमा ग्राहकका लागि रेट पनि सस्तो नै राखिएको छ । बजारका अन्य थकाली रेष्टुरेण्ट भन्दा सुलभ दरमा खाना खान ग्राहकले पाउनेछन् । सादा थकाली खानाको ३ सय ५० रुपैयाँ, चिकेन थकाली खानाको ५ सय रुपैयाँ र मटन थकाली खानाको ६ सय रुपैयाँ तिर्नुपर्नेछ । थकाली खानासँगै थकाली ब्रेकफास्टको आइटम समेत उपलब्ध गराइने आयुशले जानकारी गराए । जसका लागि दुई सय रुपैयाँदेखि माथिको मुल्य निर्धारण गरिएको छ ।
एक पटकमा १ सय जना सम्मलाई खाना खुवाउन सक्ने क्षमता भएकाले भोक मेटाउने थलो मार्फा थकाली बन्न सक्ने विश्वास निलिमा हिराचन श्रेष्ठको छ । मार्फा थकालीमा १० जनाले रोजगारी पाएका छन् ।
स्टेशन द फुड क्लब जत्तिकै सफलता मार्फा थकालीलाई मिल्नेमा उनीहरु आशावादी देखिन्छन् । मन्दीका बेलामा पनि आयुष निलिमाले समस्याबाट नभागी समस्यासँग जुधेर नै व्यवसायिक सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने