बिजी अस्पताल पाेखराले विश्व मनाेराेग दिवसकाे अवसरमा मनाेराेग तथा अपाङ्ग ट्यालेन्ट शो आयाेजना गर्यो। ट्यालेन्ट शो मा पाेखरामा मनाेराेग पीडित तथा विभिन्न शारिरीक अपाङ्गता रहेका २२ प्रतियोगीहरुले गायन, नृत्य, रचना वाचन तथा पेन्टिङ् प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा भूषण राजभण्डारी (चित्रकारिता) प्रथम, बिनिसा सुनार( नृत्य) द्वितीय र दाेर्जे शेर्पा ( गायन) तृतीय बनेका छन् । विजेता प्रतियोगीहरुलाई नगदसहित मायाकाे चिनाे प्रदान गरिएकाे थियो ।
प्रा.डा. निर्मल लामिछानेकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा पाेखरा र पाेखरा बाहिरका मनाेराेग पीडित तथा विभिन्न शारिरिक अपाङ्ग रहेका व्यक्तिहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै डा.भाेजराज न्याैपानेले यस प्रकारकाे कार्यक्रमले बिरामीहरुकाे आत्मबल विकास हुने र स्वस्थ जीवन जिउन प्रेरित गर्ने कुरा बताए । साथै, उनले बिजी अस्पताल पाेखराले बिरामी तथा अशक्तहरुलाई पुनर्स्थापन गर्न समय समयमा रचनात्मक कार्यक्रम गर्दै आएकाे बताए ।
कार्यक्रममा प्राडा लामिछानेकाे मनाेराेग जनचेतनात्मक म्यूजिक भिडियाे बीस-उन्नाईस पनि विमाेचन गरिएकाे थियाे । सूचनामूलक साे म्युजिक भिडियाे बिजी अस्पतालकाे युट्यूब च्यानलमा हेर्न सकिन्छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने