पोखरामा ३१ औं संस्करणको पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर अन्तिम साता हुने भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ गतेदेखि पुस १ गतेसम्म मेला हुन लागेको छ । मेलाको मिति तय गर्न गठित समितिले मंसिरको अन्त्यमा आयोजना गर्न सकिने सुझाव दिएको थियो ।
‘मौसम र सबै हिसाबले मंसिर २१ देखि मेला गर्दा ठीक हुने देखियो । अग्रज र सरोकारवालासँग पनि छलफल गरेर सोहि मिति तोकिएको हो,’ समितिका संयोजक सौगात थापाले भने ।
यसपटकको व्यापार मेलालाई विगतका वर्षहरुमा भन्दा थप परिस्कृत गर्न पनि समितिले सुझाएको छ । इभेण्ट नै इभेण्टको सहर पोखरामा पछिल्ला वर्षहरुको मेला भने फितलो हुँदै गएको छ ।
दर्शकको भीड घटेको छ भने मेलामा रौनक पनि पातलो बन्दै गएको छ । आजभोलि महोत्सवको संख्या भने बढेका छन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते