पोखरा । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
आज मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल नजिक पुगेको हो ।
जितका लागि बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । नेपालका देव खनाल र अर्जुन कुमालले ३२–३२ रन जोडे । बहराइनका एनेस ओबाइद सयेदले तीन विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ ओर ५ बलमा ७७ रन बनाउँदै अलआउट भएको थियो ।
बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ३४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ नेपालका दीपेश कँडेलले ६ विकेट लिए । यस्तै, दुर्गेश गुप्तानको नाममा ४ विकेट रह्यो ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित निकालेको नेपाल लगातार दोस्रो जितसँगै समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ ।
अब नेपालले अन्तिम खेलमा आउँदो बिहीबार साउदी अरेबियासँग खेल्नेछ । यो खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो