पोखरा महानगरपालिका वडा नं. १५ ले नेपालीहरुको महान चाड बडा दशैं, तिहार र छठ पर्वको अवसरमा वडाबासीबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोहि अवसर पारी वडाले वर्षभर गरेका वार्षिक गतिविधि, विकास निर्माण कार्यको अवस्था, आगामी कार्ययोजनाबारे पनि जानकारी गरायो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका ३३ वडामध्ये राम्रो कार्यसम्पादन गर्ने वडामा १५ नम्बर अगाडि नै रहेको भन्दै बालबालिकादेखि बृद्धबृद्धालाई तीर्थाटनसम्म काम गरेकोमा खुशी व्यक्त गरे । उनले वडाबासीको मन जित्दै हालको जनप्रतिनिधि अघि बढेको र वडाले विकासमा पनि फड्को मारेको उल्लेख गरे ।
उनले आफू मेयर निर्वाचित भइसकेपछि तलबाटै विकास हुन्छ र त्यो प्रभावकारी हुन्छ भन्ने हेतुले वडामा बढी बजेट विनियोजन गरेको उल्लेख गर्दै यसो हुँदा काम समयमै र बलियो तबरले भएको पनि बताए ।

वडाध्यक्ष तोरणबहादुर बानियाँले अध्यक्ष निर्वाचित भइसकेपछि एक वर्षभरी भए गरेका कामबारे जानकारी गराएका थिए । उनले १३ करोड बजेटले काम गरेको बताउँदै आफ्नो कार्यकालभर समावेशी हिसाबले सबै स्थानमा विकास निर्माणका लागि बजेट छुट्याउने, वडाका हरेक समस्या तथा अभावलाई सम्भव भएसम्म पूरा गर्ने बताए ।
टोलटोलमा सरसफाईदेखि स्वास्थ्य शिविरसम्म, आँखाजाँच देखि पाठेघरजाँचसम्म, बालबालिका, युवा, महिला, अपांगता भएका व्यक्तिहरु लक्षित विभिन्न कार्यक्रम, ज्येष्ट नागरिकलाई भ्रमणसम्मका कामहरु वडाले गरेको जनाउँदै वडाबासीलाई सहज सेवा प्रवाहका लागि आफू हरप्रहर खटिएको उल्लेख गरे ।

कार्यपालिका सदस्य एवं वडा सदस्य मन्दिरा परियार र वडा सदस्य आशिष भण्डारीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य बलराम पौडेलले स्वागत गरे ।

कार्यक्रममा वडाका पूर्व अध्यक्ष मिनबहादुर गिरी र शिव बहादुर बानियाँ, निवर्तमान अध्यक्ष प्रकाश पौडेल, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका डिएसपी कृष्णबहादुर कार्की, भारतीय पेन्सन क्यापका एसटीओ डोलबहादुर थापा, ज्येष्ठ नागरिकका तर्फबाट ललितबहादुर भण्डारी, नेकपा एमालेका भोजबहादुर गुरुङ, नेपाली काँग्रेसका किमबहादुर गुरुङ, माओवादी केन्द्रका भक्तबहादुर खत्री, राप्रपाका राजेन्द्र भण्डारी, नेकपा एसका खेमनारायण पौडेल, टोल विकास संस्थाका तर्फबाट फलेपाटन टोलका गोविन्द गौतम आमा समूहका तर्फबाट शिवशक्ति आमा समूहकी बेलमाया गुरुङले बोलेका थिए ।

सम्बन्धित खबर
निलडाम हुने गरी विद्यार्थी कुट्ने गण्डकी एकेडेमी कास्कीका शिक्षक विपिन कार्की निष्कासित
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखराको चरकमा मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते