पोखरा । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ।
बिहान लुक्लाबाट पर्यटक लिन लोबुचे उडेको मनाङ एअरको नाइन एनएनजे कलसाइन भएको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा बिहान ७ बजेर २५ मिनेटमा हेलिप्याडमै दुर्घटना भएको हो ।
दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेढाइँ घाइते भएका छन्। उनलाई फिस्टेल एयर नाइनएन एजेआर कलसाइनको हेलिकप्टरले काठमाडौँ लगिएको छ ।
उनलाई उपचारका लागि काठमाडौँस्थित ह्मास अस्पतालमा लगिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
हेलिकोप्टरमा पाइलट सेढाई मात्रै सवार रहेका थिए ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते