पोखरा । पूर्व जानकारी नगराई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको कालापानी क्षेत्रमा भ्रमण गरेको भन्दै यतिबेला देशभर विरोध भइरहेको छ ।
भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कुटी, नावी, गुञ्जी क्षेत्रमा बिहीबार मोदी र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भ्रमण गरेका थिए । तर, भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे कुनैपनि जानकारी दिएको थिएन।
बिनासूचना नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीले भ्रमण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस महामन्त्री गगन थापा, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा लगायतका पार्टी तथा नेताहरूले विरोध जनाउनुका साथै उनीहरूले मोदी भ्रमणबारे सरकारको स्पष्ट धारणा माग गरेका छन्।
यही क्रममा पोखरामा रहेर शिक्षण पेशासँगै संचारकर्ममा आवद्ध ‘रघुनाथ वाग्ले’ ले अंग्रेजी भाषामा मोदीलाई दिएको संदेश यतिबेला सामाजिक संजालमा चर्चामा छ।
वाग्लेले मोदीको कालापानी क्षेत्रमा पुग्ने शैली, अतिक्रमण गर्ने इच्छा भनेका छन्। ‘तपाईलाई हाम्रो क्षेत्रहरूमा ठूलो कृतज्ञताका साथ स्वागत छ, स्वागत गरिनेछ, कुनै समस्या छैन। तर, म आज हाम्रो इलाका कालापानी क्षेत्रमा प्रवेश गर्नको लागि तपाइँको शैलीलाई समर्थन गर्न चाहन्न, जुन तपाइँ उत्तराखण्ड मान्नुहुन्छ।’- वाग्लेले भनेका छन्।
‘मोदीले हाम्रो तीर्थस्थलमा पुग्नु चिन्ताको विषय नभएपनि भ्रमणको अतिक्रमण भावनालाई कहिल्यै पक्षमा लिन नसकिने भन्दै कालापानी पूर्ण रूपमा नेपालको स्वाधिनमा रहेको र यसको समर्थन प्रमाण संयुक्त राष्ट्रमा सुरक्षित रहेको भिडियोमा संदेशमा उल्लेख गरेका छन् ।
यस्तो छ वाग्लेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने