डेङ्गु सङ्क्रमणबाट तनहुँमा ६ वर्षीय बालकको मृत्यु

डेङ्गु सङ्क्रमणबाट तनहुँमा ६ वर्षीय बालकको मृत्यु

denguee

तनहुँ । डेङ्गु सङ्क्रमणबाट तनहुँका ६ वर्षीय बालकको मृत्यु भएको छ ।

गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज तनहुँको व्यास नगरपालिका–४ शीतलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ ।
गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बालकको आज मृत्यु भएको हो ।

दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ ।

यससँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds