नेपालबाट आगामी प्रतियोगिता नखेल्ने सन्दीप लामिछानेको घोषणा

नेपालबाट आगामी प्रतियोगिता नखेल्ने सन्दीप लामिछानेको घोषणा

sandeep-1-1

क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टिमबाट आगामी दिनका प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् । गए राति सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।

उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै आफूलाई पुनर्जागृत गर्न आवश्यक रहेकाे र त्यसका लागि केही समय परिवारसँगै बस्न चाहेको उल्लेख गरेका छन् ।

सन्दीप यतिबेला नाबालिग बलात्कारको अभियोग खेपिरहेका छन् । उनीविरुद्ध दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु । आफूलाई पुनर्जागृत गर्न आवश्यक छ र त्यसका लागि परिवारसँग समय चाहिन्छ भन्ने महसुस गरेको छु । मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद । अर्को भेट नभएसम्म…’, सन्दीपले लेखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ