पोखरा । क्यान्सर अर्थात् अर्बुद रोगका बिरामीले निःशुल्क यातायात सेवा प्राप्त गर्ने भएका छन् । साथमा यात्रा गर्ने एक जनाले पनि निःशुल्क यात्र गर्न पाउनेछन् ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले यो सेवा प्रदान गरेको हो । नेपाल अर्वुद रोग निवारण संस्था कास्की र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीबीच सो सम्बन्धमा बिहीबार सम्झौता भएको हो ।
पोखरामा आयोजित समारोहमा नेपाल अर्वुद रोग निवारण संस्था कास्कीका तर्फबाट अध्यक्ष प्रेमबहादुर भुजेल र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीतर्फबाट योगेन्द्रबहादुर केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताबमोजिम क्यान्सर प्रभावित र निजसँग यात्रा गर्ने १ जना व्यक्ति गरी २ जनाको परिचय आधारमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका देशभर चल्ने बसमा निशुल्क आवातजावत गर्न पाइनेछ । त्यसका लागि संस्थाले कार्ड उपलब्ध गराउने छ ।
उक्त कार्ड प्रत्येक ६ महिनामा नवीकरण गर्नुपर्ने छ । साथै, संस्थाका आजीवन सदस्यलाई भने संस्थाबाट प्राप्त परिचयपत्र आधारमा १५ प्रतिशतसम्म छुट दिइनेछ ।
कम्पनीमा आबद्ध महिला सदस्यलाई प्रत्येक २ वर्षमा एक पटक कम्पनीको सहकार्यमा भिआइए स्क्रिनिङ र बिएसई सेवा अर्वुद रोग निवारण संस्थाले प्रदान गर्नेछ ।
कम्पनीले गएको ३ वर्षदेखि अर्वुद रोग प्रभावित र आफन्त गरी २ जनालाई निशुल्क बस सेवा प्रवाह गर्दै आएकोमा अध्यक्ष भुजेलले आभार व्यक्त गरे । लोककल्याणकारी र सेवामूलक कार्यलाई निरन्तरता र थप प्रगाढ बनाउन पछिल्लो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने