काठमाडौं । काठमाडौंको बोद्धमा बिहीबार दिउँसो गोली हानेर प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले जनाएको छ ।
लुटेरा समूह आएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । सो समूहले हतियार झिकेपछि आत्मरक्षाका लागि भन्दै प्रहरी टोलीले गोली चलाएको थियो ।
गोली लागेर घाइते भएका ती व्यक्तिलाई नेपाल मेडिकल कलेज लगिएको छ। उनको परिचय खुलिसकेको छैन। प्रहरीले ती व्यक्तिको साथबाट पेस्तोल र ७ राउन्ड गोली र उनीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। भने, अन्य तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते