वृद्धाको हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि साधुको भेषमा मन्दिरबाट पक्राउ

वृद्धाको हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि साधुको भेषमा मन्दिरबाट पक्राउ

Arrest

चितवन। १९ वर्ष अघि वृद्धाको हत्या गरी लुटपाट गरेर फररा भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

भरतपुर महानगरपालिका -७ बस्ने मन कुमारी वाग्लेको हत्या गरी फरार रहेका सोही महानगरपालिका-२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईलाई साधुको भेषमा मन्दिरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नाताले नाती पर्ने चापागाईले २०६१ मंसिर १४ गते मन कुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या गरी कानमा लगाएको गरगहना समेत लुटेर फरार भएका थिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नवलपरासी पश्चिम वर्दघाट नगरपालिका-४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रुपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ