पोखरा । नेपाल सरकारले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल सुरु गरेको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयका प्रवक्ता सेवा लम्सालसहिछ ६ जनालाई सम्पर्क व्यक्ति तोक्दै टेलिफोन नम्बर समेत उपलब्ध गराएको छ ।
मन्त्रालयले लम्सालसहित सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ ।
यस्तै, इजरायलको तेल अबिवस्थित नेपाली राजदूतावासकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकिएको छ ।
सरकारले सम्बन्धित सम्पर्क व्यक्तिमार्फत इजरायल सरकारसँग समन्वय गरी विवरण संकलनका लागि अनलाईन रजिष्ट्रेसनको समेत व्यवस्था गर्दैछ ।
इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अबिवस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरण उपलब्ध गराइएकोले सम्बन्धित व्यक्ति मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन मन्त्रालयले भनेको छ ।
शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको थियो ।

सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने