पोखराको लेकसाइडमा रहेको एक होटलको तेस्रो तलाबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु भएको छ । बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हाम फाल्दा ४१ वर्षीय सन ग्याङ्गको गम्भीर घाइते बनेका थिए ।
लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकका अनुसार उपचारका क्रममा उनको शुक्रबार निधन भएको र घटनाबारे अनुसन्धान जारी रहेको बताए ।
हाम फाल्नेबित्तिकै उद्धार गरी सनलाई उपचारका लागि नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि पोखरा स्वास्थ्य प्रतिष्ठान लगिएको थियो ।
सनको मृत्युबारे परिवारलाई जानकारी गराइसकेको कास्की प्रहरीले जनाएको छ । सनको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । सन अरु तीन चिनियाँ पर्यटकसहित दुई हप्तादेखि लेकसाइडको एक होटलमा बस्दै आएका थिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते