पोखरा–२५ का चार पसलमा महानगरको अनुगमन, ५ हजार जरिवाना

पोखरा–२५ का चार पसलमा महानगरको अनुगमन, ५ हजार जरिवाना

2

पोखरा । पोखरा महानगरपालिकाले शुक्रबार पनि अनुगमन गरेको छ । महानगरपालिकाले वडा नम्बर २५ हेमजाका चार खाद्य पसलमा अनुगमन गरेको हो । मासु, खाद्य र पुजा सामाग्रीका पसलमा अनुगमन गरिएको महानगर सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा पोखरा २५ मा सञ्चालनमा रहेको कृषब ट्रेडस र न्यु अधिकारी ट्रेडसलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । फरक नामबाट दुई पसल सञ्चालन गरेको तर वाणिज्य विभागमा नविकरण नगरेको, मुल्यसुची नटाँसेको चिनीको खरिद बिल देखाउन नसकेको र बढि मूल्यमा विक्री गरेको देखिएको, पोखरा महानगरपालिकाको दर्ता तथा नविकरण नगरेको, बहाल कर नतिरेको, किलोकाटा दर्ता नगरेको भेटिएपछि जरीवाना गरिएको पोखरा महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा (घ) को कसुरमा दफा ३९ को (क) अनुुसार पाँच हजार जरिवाना गरिएको पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका संयोजक नारायण ढकालले बताए । कृषव ट्रेडस र न्यू अधिकारीका सञ्चालकद्धय बसन्त अधिकारी र कविता शर्मा तिवारीलाई एक साताभित्र वाणिज्य विभाग, नापतौल उपस्थित हुन र महानगरमा आइतबार उपस्थित हुन लिखित निर्देशन दिइएको छ ।

त्यस्तै पोखरा २५ मै रहेको गुुरुङ किराना स्टोर्समा व्यवसाय नविकरण नगरेको, लेबल नखुलेको गेडागुडी, खाद्य सामाग्री, मुख्यसुची नभएको र खाद्य सामाग्री तथा अल्कोहलसँगै राखेर विक्री वितरण गरेको पाइएकाले जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयमा तीनदिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

पोखरा २५ कै मिलाप स्टोर्समा अनुगमन गर्दा सरसफाई नभएको, साइनबोर्ड नभएको, महानगरमा बहालकर र ब्यवसाय कर नतिरेको भेटिएकाले वडा कार्यालयमा उपस्थित हुन लिखित पत्र दिइएको महानगर सहकारी उद्योग शाखा प्रमुख भरतराज पौडेलले बताए । यता पोखरा २५ कै दवाडी पुजा सामाग्री भण्डारले बिक्री वितरण बन्द गरिएको प्लाष्टिकका फुल विक्रीका लागि राखेको र अव आइन्दा विक्री वितरण गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । ब्यवसाय पोखरा महानगरमा दर्ता नगरेको, डिजिटल तराजु दर्ता र नविकरण नगरेको पाइएकाले वडा कार्यालयमा र जिल्ला प्रशासन कार्यालय कास्कीमा २१ गते आइतबार सम्पर्क राख्न लिखित पत्र दिइएको छ ।

पोखरा महानगपालिकाका कार्यबाहक प्रमुख एवं अनुगमन संयोजक मञ्जुदेवी गुरुङको भएको अनुगमनमा गण्डकी प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशन, जिल्ल प्रशासन कार्यालय कास्कीका प्रतिनिधि, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि, पोखरा महानगर खाद्य निरिक्षक, महानगर सहकारी तथा उद्योग शाखाका प्रमुख, वडा नम्वर २५ का प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि र पत्रकारहरुको सभागीता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ