चर्चित टिकटकर आयुषले गरे पाकिस्तानी जमालीसँग इन्गेजमेन्ट

चर्चित टिकटकर आयुषले गरे पाकिस्तानी जमालीसँग इन्गेजमेन्ट

सवा २ लाखसम्मले एकसाथ लाइभ हेर्छन् भने एक दिनमै हजारौँ डलर गिफ्ट पाउँछन्

tikkktokk-scaled

नियमित टिकटक हेर्ने गर्नुभएको छ भने यो जोडीसँग पक्कै परिचित हुनुहुन्छ, जो ‘टक अफ दि टाउन’ बनिरहेका छन् । उनीहरू हुन् आयुष सिंह ठकुरी र अलिजेह जमाली ।

उनै चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरीले शुक्रबार दुबईमा प्रेमिका तथा पाकिस्तानी टिकटकर अलिजेह जमालीसँग इन्गेजमेन्ट गरेका छन् ।

आयुष र जमालीले आ-आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टबारे जानकारी दिएका छन् । एकअर्काले औंठी लगाइदिएको दृश्य भिडियोमा देख्न सकिन्छ । जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेको देख्न सकिन्छ ।

नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका हुन् । दुबईमा बस्दै आएकी जमाली आफ्नो अनुहार बुर्काले छोपेर लाइभमा आउने गर्छिन् । उनले अनुहार देखाएको भिडिओ भेट्न दुर्लभ नै छ । टिकटकमा उनका १५ लाखभन्दा बढी फलोअर छन् ।

१२ लाख फलोअर्स भएका आयुष टिकटक लाइभमा बसेर अत्यधिक डलर कमाउने टिकटकरमा गनिन्छन् । उनको प्रमुख पेशा नै टिकटक लाइभमा बस्ने हो । उनको लाइभमा अडियन्सको कहिल्यै कमी हुँदैनन् ।

आयुषलाई भेट्नकै लागि जमाली दुबईबाट  ३ जना बडीगार्डसहितको दलबल लिएर धुमधडाकासहित नेपाल आउँदा उनलाई स्वागत गर्न आयुष फूलगुच्छा बोकेर एयरपोर्ट पुगेका थिए ।
एकपटकमा सवा दुईलाख सम्मले लाइभमा बसेर उनीहरूको प्रेम हेरेका रेकर्ड छ । गिफ्टको बाढीले एक रातमै हजाराैँ डलर कमाउँछन् ।   आयुषको परिवारले पनि उनलाई बुहारीको रूपमा स्वीकारेको देखिन्थ्याे । लाइभमा आयुषले प्रेमिकालाई औँठीसमेत लगाइदिएका थिए ।

नेपाल आउँदा आयुष र जमालीले विभिन्न पर्यटकीय थलो समेत घुमेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds