काठमाडौँ । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।
सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको काठमाडौँ प्रहरी परिसर स्रोतले बतायो ।
१० असोजमा उनी गोली लागेको अवस्थामा भेटिएकी थिइन् । महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट खुलेको छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो ।
पति घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको आशंका प्रहरीका अधिकृतहरुले गरेका छन् ।
यसबारे थप अनुसन्धान प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौँबाट भइरहेको जनाइएको छ ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते