नेपालगञ्जमा फेरि कर्फ्यु

नेपालगञ्जमा फेरि कर्फ्यु

nepalgunj_sub_metropolitan_city_area_JICN5CAZeN

File Photo

नेपालगञ्ज । नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहानै सूचना जारी गर्दै फेरि कर्फ्यु लगाएको हो।

कर्फ्यु बिहान ६ बजे देखि सुरु भएर साँझ ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको सूचनामा भनिएको छ ।

नेपालगन्ज उपमहानगर पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने सूचनामा उल्लेख छ ।

केही समय देखी नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायका बिचमा असमझदारी बढेपछि स्थिति नियन्त्रण लिनका लागि सेना परिचालन देखी कर्फ्युसमेत लगाइएको थियो । अवस्था सामान्य भएको भन्दै हिजो बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो तर पुनः विवाद बढेपछि नेपालगञ्जमा अहिले कर्फ्यु लगाइएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ