पोखरा । नेपालीहरुका ठूला चाडपर्वहरु नजिकिदै गएका छन् । चाडपर्वसंगै किनमेल गर्नेहरुको भिडभाड बजारमा विस्तारै बढने क्रम सुरु भएको छ । खाद्यान्नदेखि लत्ताकपडा, नुनदेखि सुनपसलहरुमा उपभोक्ताको भिड बढने क्रमसंगै महंगि बढने र म्याद गुज्रेका सामानहरु विक्री गर्ने मौकाका रुपमा व्यवसायीले छोप्ने भएकाले पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ ।
चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मुल्यबृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, मंहगी नियन्त्रण र गुणस्तर कायम गर्न महानगरले अनुगमन गरेको हो । चाडपर्वमा उपभोक्ता नठगिउन भन्ने उद्देश्यले पोखरामा बजार अनुगमन तिव्र पारिएको हो । व्यापार बढेसँगै चाडपर्वको समयमा कृत्रिम अभावदेखि कालोबजारी बढ्छ, त्यसैले महानगरभित्र अनुगमन गरेका हौँ महानगर बजार अनुगमन अधिकृत भरतराज पौडेलले भने । मनपरी मुल्य र बदमासी रोक्न अनुगमनलाई दशैसम्म अनुगमनलाई तीव्रता दिने उनले बताए ।
महागनरले बिहीबार लेखनाथ क्षेका ६ वटा पसलमा अनुगमन गरेको छ । अनुगमन गरिएका ६ बटा पसलबा म्याद नाघेका अखाद्य बस्तु मिसाइएका १७ हजार ८३१ रुपैयाँ बराबरको सामाग्री नष्ट गरिएको सापकोटाले जानकारी दिए । अनुगमनका क्रममा पोखरा ३० मा रहेको एएन बी सर्पिङ सेन्टरबाट १३ हजार ७ सय ३५ रुपैयाँ मुल्य बराबरको म्याद नाघेका र अखाद्य बस्तु फेला परेपछि नष्ट गरिएको बजार अनुगमनमा सहभागी महानगरका ऋषि सापकोटाले जानकारी दिए । पोखरा ३० कै एनएस मिराज स्टोर्समा नापतौलका सामाग्री दर्ता नगरेको, महानगरमा ब्यवसाय नविकरण नगरेको, सम्पत्ति कर नतिरेको देखिएकाले महानगर र नापतौल तथा गुणस्तर कार्यालयमा एक साताभित्र उपस्थित हुन निर्देशन दिइएको छ । त्यस्तै मुक्क्त खुद्रा स्टोस पोखरा ३१ पनि २१० बराबरको सामाग्री नष्ट गरिएको छ भने लाहाचोक किरान पसल अखाद्य बस्तु मिसाइएका बस्तु फेला परेको र नष्ट गरिएको छ । लेखनाथकै म्याग्दी सुमन होटलबा २० हजार बराबरको फ्राई गरेको लेग पिस नष्ट गरिएको छ ।
पोखरा महानगरपालिका कार्यबाहक प्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अखाद्य बस्तु, म्याद नाघेका खाद्य सामग्री, मुल्यसुचि नभएका, लेवल नलगाएका सामाग्री फेला परेको महानगर अनुगमन समितका अधिकृत भरतराज पौडलले बताए । महानगरले अनुगमन गरिरहेको बताउदै उनले चाडपर्वमा किनमेलका लागि भिडभाड बढि हुने भएकाले म्याद गुज्रेका र अखाद्य बस्तु मिलाएर आउने भएकाले त्यसको नियन्णत्रका लागि अनुगमन प्रभावकारी बनाउने योजना अनुसार चाडपर्व अनुगमनलाई तिव्रता दिइएको बताए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्की, गुणस्तर तथा नापतौल कार्यालय पोखराका सहायक निरिक्षक रघुनाथ पौडेल, खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरिक्षक सविना सुनार, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि मुकुन्दराज पौडेल, पोखरा महानगर सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा, पत्रकार गौरव त्रिपाठी र राजु गिरीको उपस्थिति रहेको थियो ।
चाडपर्व र राजनीतिक अस्थिरताको मौका छोपेर व्यापारीले मूल्यवृद्धि गर्ने हुँदा टोलीले अनुगमनलाई तीव्रता उनले बताए । चाडपर्व नजिकिएसंगै यसमाथि दसैंमा किनबेल गर्नेको भिडभाड हुने गरेको छ उनले भने, “उपभोक्ताहरु बढी ठगिने भएकाले अनुगमनलाई तीव्रता दिइएका छौ । कानुनी प्रावधान अनुसार दोषिलाई कारबाही हुन्छ ।”
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर