सामाजिक सञ्जालमा साम्प्रदायिक सदभावमा खलल पुग्ने सामग्री पोस्ट नगर्न प्रहरीको अनुरोध

सामाजिक सञ्जालमा साम्प्रदायिक सदभावमा खलल पुग्ने सामग्री पोस्ट नगर्न प्रहरीको अनुरोध

Cyber-bureo

काठमाण्डौ। सामाजिक सञ्जालको दुरूपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव खलल पुर्याउने खालका सामाग्री प्रकाशन तथा प्रदर्शन नगर्न प्रहरीले सबैमा आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा, एकतामा आँच पुग्ने तथ्यहीन विषयबस्तु प्रकाशन तथा प्रशारण गरे कारबाही गरिने उल्लेख गरेको हो।

‘प्रचलित कानुनले रोक लगाएका सामाग्रीहरू प्रकाशन वा प्रदर्शन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरासमेत सबैमा जानकारीका लागि अनुरोध गरिएको छ’, साइबर ब्यूरोले भनेको छ।

सुनसरीको धरान र सर्लाहीको मलंगवा हुँदै बाँकेको नेपालगञ्जमा धार्मिक तनाव देखिएपछि नेपाल प्रहरीले सामाजिक सञ्जाललाई निगरानीमा राखेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ