माल्टामा मासिक १ लाख बढी तलब हुने भन्दै ठगी गर्ने तनहुँका पाण्डे पक्राउ

माल्टामा मासिक १ लाख बढी तलब हुने भन्दै ठगी गर्ने तनहुँका पाण्डे पक्राउ

Arrest

काठमाण्डौ। वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

माल्टामा फूड डेलिभरीको काम लगादिने र तलब मासिक १ लाख भन्दा बढी हुन्छ भन्दै चार जनाबाट ६ लाख ठगी गरेको आरोपमा तनहुँ जिल्ला ब्यास नगरपालिका -१२ स्थाई घर भइ हाल काठमाण्डौ थानकोट बस्दै आएका २९ वर्षीय रन्जन पाण्डेलाई पक्राउ गरेको हो।

काठमाण्डौ अपराध अनुसन्धान कार्यालयका अनुसार पाण्डेले पीडितहरू विष्णु विक्रम खड्कासहित चार जनालाई माल्टामा फूड डेलिभरीमा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरू बाट पटक-पटक गरी ६ लाख रुपैयाँ उठाएर सम्पर्क बिहिन भएका थिए।

पाण्डे सम्पर्कबिहीन बने पश्चात पीडितहरूले वैदेशिक रोजगार विभागमा उजूरी दिएपछि विभागले उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेकोमा प्रहरीले उनलाई मंगलबार दिउँसो सवा ३ बजे काठमाण्डौको सामाखुशीबाट पक्राउ गरेको हो।

उनलाई थप कारवाही तथा अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ