बडादशैंको अवसरमा स्याङ्जामा प्रम माछापुच्छ्रे कप २०८० आयोजना गरिने भएको छ । पुतलीबजार नगरपालिका ६ टक्सार स्थित माछापुच्छ्रे युवा क्लबले पहिलोपटक माछापुच्छ्रे कप आयोजना गर्न लागेको जानकारी दिएको हो ।
यसमा विशेष आकर्षण प्रथम खुल्ला भलिबल र छेलो प्रतियोगिता रहनेछ । ‘समाजका लागि युवा, युवाका लागि खेलकुद’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे युवा क्लबले खुल्ला भलिबल र छेलो प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
खेल कार्तिक १ गते देखि ३ गतेसम्म सञ्चालन हुनेछ । भलिबल प्रतियोगितातर्फ प्रथम हुने टोलीले नगद ५० हजार, दोस्रो हुने टोलीले ३० हजार र उत्कृष्ट खोलाडीले ३ हजार प्राप्त गर्नेछन् ।
तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न जिल्लाका टोली तथा खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक राजेश च्वाईले बताए । इच्छुक टोलीले असोज ३० गतेसम्म टीम दर्ता गर्न सक्नेछन् ।
यस्तै, छेलोतर्फ प्रथम हुनेले ५ हजार सहित मेडल तथा प्रमाणपत्र, दोस्रो हुनेले ३ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
खेलकुदको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पर्ने र परिर्वतनका लागि सहयोग पुग्ने अपेक्षाका साथ प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा
दुई सय १६ जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता