पोखरा पार्दीचोकस्थित फेवा सिंचाई नहरको पुल भासियो

पोखरा पार्दीचोकस्थित फेवा सिंचाई नहरको पुल भासियो

सामान्य भारवहन क्षमताको पुलमा लोड टिप्पर

Fewa Pul

पोखरा महानगरपालिका वडा नं. १७ पार्दीपुलचोकस्थित फेवा सिंचाई नहरको पूरानो पुल भाँसिदा आवागमन बन्द भएको छ । फेवा सिंचाई नहरको ५ दशक पूरानो पुल मंगलबार दिउँसो लोड टिप्पर पार गर्ने क्रममा भासिएको थियो ।

पुल भासिएपछि सोही स्थानबाट सवारी आगमन बन्द गरिएको छ । पुल निर्माण गर्न बजेट बिनियोजित भएकाले सडक डिभिजनसँग पुल निर्माण गर्न वडा कार्यालयलले समन्वय अगाडि बढाएको बताइन्छ ।

पुल भाँच्चिनुको मुख्य कारण पूल पुरानो भएर भन्दा पनि सीमित लोड धान्न सक्ने क्षमताको पुल भन्दा बढी लोड भएको टिप्पर चलाएकै कारण हो भन्ने स्थानियको बुझाई छ ।

लोड भएका ठूला सवारीका लागि यो बाटो थिएन । पोखराको एउटा पहिचानका साथ नामाकरण भएको पुलचोकमा रहेको पुल भाँच्चिएपछि उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

पोखराका धेरै पुलहरुमा कति टनसम्मका सवारी चल्न पाउने भन्ने बोर्ड राखिएको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds