वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

dilmaya

काठमाडौँ । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। विगत लामो समयदेखि दम रोगबाट पीडित खातीको ८४ वर्षको उमेरमा गएराति भारतको सिलगढीमा निधन भएको हो।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा उनको जन्म भएको थियो । उनी पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्।

सोही समयमा एक समारोहमा आफन्तकोमा गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए। त्यसपछि उनी निरन्तर गायन क्षेत्रमा लागेकी हुन्।

अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गरेकी छन् ।

नारायण गोपालको आग्रहमा उनले बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा बोलको गीत गाएकी थिइन् । जुन अहिले पनि निकै लोकप्रिय छ ।

उनले करिब एक सय ५० भन्दा धेरै नेपाली गीत गाएकी छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ