धादिङमा ट्रकले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

दुर्घटना

धादिङमा ट्रकले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

8 class student

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

आज बिहान काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले गजुरी गाउँपालिका–२, मलेखु नजिकै मजुवा फुर्केखोलामा उनीहरुलाई ठक्कर दिएको हो ।

दुर्घटनामा बागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका– ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds