पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ खरेहा र वडा नं. ८ चुवाको सीमामा रहेको तमादीखोलामा शनिबार बेलुकी आएको बाढीले बगाएर बेपत्ता दुई जनामध्ये एक जनाको शव भेटिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ नौडाँडाका २७ वर्षिय विजय भन्ने माधव पौडेलको शव भेटिएको हो । गल्याङ नगरपालिको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा आज बिहान शव भेटिएको हो । भेटिएको शवको तस्विर परिवारले आफ्नो छोराको रहेको बताएको प्रहरीले जनाएको छ । यद्यपी, यसको पुष्टि हुन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले शव सनाखतका लागि अहिले परिवार त्यसतर्फ जाँदै गरेको बताए ।
गण्डकन्यूजसँग उनले भने – ‘आज विहान बाँधमा शव भेटिएको भन्ने स्याङ्जाबाट खबर आयो । त्यहाँबाट पठाएको तस्वीर हेर्दा लामो कपाल र गोडाले गर्दा छोराको भएको माधवका बुवाआमाले बताउनुभएको छ । उहाँहरु जाँदै हुनुहुन्छ । सनाखतपछि पुष्टि हुन्छ ।’
घटनामा उनीसँगै बेपत्ता बागलुङको ताराखोला गाउँपालिका वडा नं. ३ इदिका ५० वर्षिय डम्बरबहादुर थापाको अवस्था भने अझै अज्ञात रहेको छ । सुरक्षाकर्मीले खोजीकार्य जारी राखेको छ । माधवका साथी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षिय गोपाल बस्यालको भने सोहि दिन शव फेला परेको थियो ।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्वरको जीप शनिवार साँझ साढे ६ बजेतिर एक्कासी बाढी आउँदा ३ यात्रुसहित जीपलाई बगाएको थियो । चालक हेम्जाका बसन्त थापा भने गाडीबाट ओर्लेका कारण जोगिएका थिए ।


सम्बन्धित समाचारः
माधव र डम्बर अझै फेला परेनन्, माधवको पर्स आमाले भेटिन्
दुई जना अझै भेटिएनन्, तीन जनाकै सनाखत, पोखराबाट तालिमप्राप्त कुकुर खटाइयो
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडीको पाटपूर्जा मोदीखोला दोभानमा भेटियो
पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित
सम्बन्धित खबर
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा
दुई सय १६ जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता