चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ । भारतविरुद्धको खेल २३ रनले गुमाएपछि नेपालको यात्रा क्वाटरफाइनलमै रोकिएको हो । स्वर्ण पदकको बलियो प्रत्यासी भारत भने यस जितपछि सेमिफाइनल प्रवेश गर्न सफल भएको छ ।
झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । यस्तै, सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।
कुशल मल्लले २२ बलमा २९ रन जोड्दा कुशल भुर्तेलले ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रन जोडे । करण केसी १३ बलमा १ चौका र २ छक्कासहित १८ रनमा नटआउट रहे । भारतका लागि रवि विश्रोई र आवेश खानले ले ३–३, अर्शदीप सिंहले २ तथा शाई किशोरले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो । भारतका यसस्वी जैसवालले शतकीय इनिङ्स खेले । उनले ४९ बलमा १०० रन जोडे । टी २० क्रिकेटमा उनी कम उमेरमा शतक प्रहार गर्ने खेलाडीको रेकर्ड बनाउन सफल भए । यस्तै, रुतुराज गायकवाडले २५ रन बनाए भने रिंकु सिंहले १५ बलमा ३७ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
नेपाल र भारतबीच अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी खेल भएको यो पहिलोपटक हो । त्यस अगाडि एसियाकपमा क्रममा नेपाल र भारत वान डे क्रिकेटमा भिडेका थिए ।
रोहित शर्माको कप्तानीमा रहेको भारतको सिनियर टोली वान डे विश्वकप खेल्ने तयारीमा रहेकोले भारतले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई एसियाडमा पठाएको थियो । भारतले अब बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।
भारतसित हारेपछि रोहित र मोन्टीले भने : १०-१५ रन बढी दियौं
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले भारतलाई केही रन बढी दिएका कारण खेल हार्न पुगेको बताएका छन् ।
एसियाडको क्रिकेटमा भारतसँग २३ रनले पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक देसाईले नेपालले १०-१५ रन बढी दिएको बताए । ‘हामीले १०-१५ रन बढी दियौं । फिल्डिङ अलिक राम्रो गरेको भए के थाहा हामीले १९०-१९५ रन चेज गर्न सक्थ्यौं कि?’ खेलपछि मोन्टीले पत्रकारसँग भने ।
भारतले सानदार सुरुवात गरेपनि १० देखि १५औं ओभरसम्म नेपालले कसिलो बलिङ गरेको थियो । त्यो ५ ओभरमा नेपालले ३४ रन मात्र दिएको थियो । १५ ओभरमा १३८ रन बनाएको भारतले अन्तिम ५ ओभरमा भने ६४ रन जोड्यो ।
भारतीय टिममा आईपीएल खेलेका खेलाडीहरु रहेकोले त्यति रन बन्नु स्वभाविक भएको प्रशिक्षक मोन्टीले बताए ।
‘हामीले अझ राम्रो गर्न सक्थ्यौं । टी२० खेल हो जे पनि हुन सक्छ । १५ रन जति बढी भयो’, कप्तान रोहितले भने । रोहितले पनि फिल्डिङमा नेपालले आफ्नो स्तर अनुसार खेल्न नसकेको बताए ।
भारत विरुद्ध नेपालका लागि दीपेन्द्रले अलराउण्ड प्रदर्शन गरे । बलिङमा नेपालबाट सर्वधिक २ विकेट लिएका उनी नेपालका लागि सर्वाधिक रन बनाउनेमा समेत अगाडि रहे ।
प्रशिक्षक मोन्टी र कप्तान रोहिले दीपेन्द्रको तारिफ गर्दै टी-२० विश्वकप क्वालिफायरअघि लयमा आउनु नेपालको लागि सकरात्मक रहेको बताए । ‘उ (दीपेन्द्र) टी-२० स्पेशलिस्ट हो,’ मोन्टीले सटिक जवाफ दिए ।
‘क्वालिफायरअघि दीप्पी दाइ लयमा आउनु नेपालको लागि धेरै सकरात्मक हो’, कप्तान रोहितले भने ।
प्रशिक्षक मोन्टीले एसियाडको यात्रामा नेपालले क्रिकेटको ब्रान्ड देखाएको र गर्व लागेको बताए । ‘हामी यो यात्राबाट प्राउड छौं, हामीले इनभेस्ट गरेका छौं,’ उनले भने ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने