ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण

Thuladihi News 1

पोखरा । ठूलाडिही–पोखरा सम्पर्क मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एकदिने कौसी खेती प्रशिक्षण सम्पन्न भएको छ ।

कार्यक्रममा ठूलाडिहीबाट पोखरामा आई बसोबास गरेका मञ्चका साधारण तथा आजीवन सदस्यको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाल सरकारका पूर्व उपसचिव वरिष्ठ बाली संरक्षण अधिकृत तथा बाली प्रयोगशाला प्रमुख धनबहादुर रानाले सहजीकरण गरेका थिए ।

प्रशिक्षक रानाले मौषम अनुसार कुन समयमा कुन र कस्ता खेती कसरी लगाउने बारेमा सहजिकरणका साथै बिरुवा उमार्ने विषयमा प्रयोगात्मक सहजीकरणसमेत गराएका थिए ।

मञ्चका अध्यक्ष दुर्गा शाह बाबाले बजारको बसाइ हरेक हिसाबले खर्चिलो भएकाले घर वरपर त्यत्तिकै रहेको जग्गाको उपयोग गरेर खेती उत्पादन गर्नु स्वास्थ्यका लागि लाभदायक हुने भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।

मञ्चका सचिव हरि नेपालले मञ्च सदा प्रभावकारी र व्यवहारोपयोगी कार्यक्रम सञ्चालनमा क्रियाशील रहने जनाउँदै सोही प्रकृतिका सुझाव दिनसमेत आग्रह गरेका थिए ।

कार्यक्रमका सहभागीले तालिम प्रभावकारी रहेकाले आगामी दिनमा पनि निरन्तरता दिनका लागि आह्वान गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ