दुई जना अझै भेटिएनन्, तीन जनाकै सनाखत, पोखराबाट तालिमप्राप्त कुकुर खटाइयो

पर्वत जीप दुर्घटनाः

दुई जना अझै भेटिएनन्, तीन जनाकै सनाखत, पोखराबाट तालिमप्राप्त कुकुर खटाइयो

नौडाँडाका विजय भन्ने माधव पौडेल, बाग्लुङ ताराखोलाका डम्बर थापा र तिलोत्तमाका गोपाल बस्याल

Parbat Jeep Acc

तस्वीरः पत्रकार रोशन तिवारी

पर्वतको कुश्मा स्थित तमादीखोलाले टाटा सुमो जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये दुई जना अझै भेटिएका छैनन् । तीन जनाकै सनाखत भने भएको छ ।

शव फेला परेको  तिलोत्तमा नगरपालिका वडा नं. ९ का गोपालप्रसाद बस्यालको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३, नौडाँडा घर भएका २७ बर्षीय विजय भन्ने माधव पौडेल र बाग्लुङको ताराखोला ३ का ५० बर्षिय डम्बरबहादुर थापाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले गण्डकन्यूजलाई जानकारी दिए ।

डिएसपी भुसालका अनुसार घटनालगत्तै खोजी कार्य सुरु गरिएकोमा हिजै जीप टुक्रा टुक्रा अवस्थामा मोदीखोला दोभानसम्म छरिएको अवस्थामा भेटिएको थियो । गोपाल बस्यालको शव हिजै भेटिएको थियो । रातभरी खोजी गर्दा पनि अरुको अवस्था पत्ता नलागेको र बिहानैदेखि पुनः खोजीकार्य जारी राखेको हो ।

प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर घटनास्थल लैजाँदै गरेको पनि उनले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल प्रहरी टोलीले शव खोजीकार्य जारी राखेको छ ।

चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन् । उनले नै घटनामा ३ जना परेको जानकारी प्रहरीलाई दिएका हुन् । चालकका अनुसार एक जना धौलागिरी काउन्टरबाट चढेका हुन् भने २ जना बाटैमा चढेका हुन् । जीप खोलामा आइपुगेपछि पार गर्न खोज्दा नसकेपछि ओर्लिएर जीप ओड लगाउन लाग्दा एक्कासी ग्रेगरसहितको बाढी आएर जीप बगाएको चालकले प्रहरीसामू बयान दिएका छन् । गाडी भित्र रहेका तीन जना पनि सँगै बगेको उनले बताएका छन् । चालक प्रहरी नियन्त्रणमा छन् भने उनी विरुद्ध यात्रुका परिवारले जाहेरी दिएका छन् ।

बाग्लुङबाट पोखरा आउँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजे खोलाले बगाएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले जीपलाई बगाएको हो ।

तस्वीरः पत्रकार रोशन तिवारीको भिडियोबाट

  

सम्बन्धित समाचारः

तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल

पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडीको पाटपूर्जा मोदीखोला दोभानमा भेटियो

पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ