अनेरास्ववियु जनप्रियको आठौं सम्मेलन आयोजक कमिटी गठन

विद्यार्थी संगठन

अनेरास्ववियु जनप्रियको आठौं सम्मेलन आयोजक कमिटी गठन

आविष्कार केसीको संयोजकत्वमा ५१ सदस्यीय कमिटी

jmc (1.)

पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जनप्रिय बहुमुखी क्याम्पस, पोखराको आठौं सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

केन्द्रीय स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज विजय पौडेलको प्रमुख आतिथ्यतामा शुक्रबार भएको कार्यक्रममार्फत आविष्कार केसीको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटी सचिवमा सचिन अधिकारीलाई चयन गरिएको छ । सम्मेलन दसैंपछि गर्ने तयारी रहेको सचिव अधिकारीले जानकारी दिए ।

आयोजक कमिटी गठन कार्यक्रममा अनेरास्ववियु गण्डकी प्रदेश कमिटी सदस्य किशान भण्डारी, सुनिलबाबु पोखरेल, अनेरास्ववियु कास्की अध्यक्ष सन्तोष पोखरेल, जिल्ला कमिटी उपाध्यक्ष शिव पराजुली, सचिव बिजय भुजेल र जिल्ला कमिटीका निवर्तमान सचिव बिनय पराजुलीको उपस्थिति थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ