तनहुँमाथि कास्की ३७ रनले विजयी

तनहुँमाथि कास्की ३७ रनले विजयी

cricket

पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा शुक्रबारदेखि कास्की र तनहुँविच दुई श्रृंखलाको एक दिवसिय क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

पहिलो खेलमा कास्कीले तनहुँलाई ३७ रनले पराजित गर्‍यो । टस जितेर पहिला व्याटिङ गरेको कास्कीले २७ ओभरमा १ सय ३ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । कास्कीको तर्फबाट आदित्य थापाले ३६ रन बनाए । तनहुँको बलिङमा सिके पौडेल र एलिक श्रेष्ठले ३/३ विकेट लिए ।

जितका लागि १ सय ४ रनको लक्ष्य पछ्याएको तनहुँका व्याट्स्म्यानहरुको फितलो प्रदर्शनमा उसले ६६ रन मात्रै जोड्न सक्यो । तनहुँको तर्फबाट सचिन अधिकारीले १० रन जोडे । कास्कीका बलरहरु नितेश गिरीले ५ तथा अमृत गुरुङ्ग र विश्वास पराजुलीले २/२ विकेट लिए । प्रतियोतिगामा ५ विकेट लिएका कास्कीका नितेश गिरी म्यान अफ द म्याच भए । उनलाई आयोजक संघका कोषाध्यक्ष विरेन पुनले पुरस्कृत गरेका थिए ।

सो अवसरमा पुनले यस्ता प्रतियोगिताले खेलाडीविच भाइचारा सम्बन्धको विकास साथै खेल कौशलमा निखारता ल्याउने जनाए । प्रतियोगिताको दोश्रो खेल शनिबार हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ