मणिपाल अस्पताल तोडफोड गरेको आरोपमा ७ जना पक्राउ

मणिपाल अस्पताल प्रकरण

मणिपाल अस्पताल तोडफोड गरेको आरोपमा ७ जना पक्राउ

अस्पताल ६ बुँदे सहमति गर्ने, प्रहरी पक्राउ गर्ने

manipal hohalla

पोखरा । मणिपाल अस्पताल तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार ७ जनालाई पक्राउ गरेको छ । विहीबार मात्रै अस्पताल प्रशासन र मृतकका आफन्तबीच ६ बुँदे सहमति भएपछि ४ दिनदेखि आन्दोलित उनीहरु शान्त बनेका थिए ।

अस्पतालसँग सहमति गरी शव बुझ्न राजी बनेको भोलिपल्टै सोहि प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा सजित, मनिष, अविनाश, अरुण, नितेश, विवेक र प्रदीप नामक युवाहरु छन् । यसबारे विस्तृत जानकारी आउन बाँकी छ ।

उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्की प्रहरीले बताएको छ । विहीबार भएको ६ बुँदे सहमतिमा डाक्टर कुट्ने एक जनालाई पक्राउ गरी मुद्धा अघि बढेकोमा दर्ता भएको कसूर मुद्दामा कानूनी रित पु¥याएर सहजीकरण गर्ने बुँदासमेत उल्लेख थियो ।

लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएको भएपछि उत्पन्न विवादमा मृतकका आफन्त पोखरा ५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङले डा.अनिल शाहमाथि आक्रमण गरेका थिए भने युवाहरुको समूह बोलाएर अस्पताल परिसरमा तोडफोड समेत गरेका थिए । काँग्रेस निकट विद्यार्थी संगठन नेवि संघ र तरुण दलका युवाहरु संलग्न थिए ।

सहमतिमा पक्राउ परेका छाड्न सहजीकरण गर्ने भनिएपनि भोलिपल्टै अन्य युवाहरु समेत पक्राउ परेपछि पुनः तनावको अवस्था सिर्जना हुनसक्ने खतरा बढेको छ । गुरुङ पक्राउ परेको, अस्पतालले मृत्युको कारण दिन नसकेको, डाक्टरहरुले नै तोडफोडका लागि उत्तेजित बनाएको र आफै पनि संलग्न भएको भन्दै मृतकपक्ष आन्दोलित थिए । बुधबार दिउँसो पोखरा बजार बन्दसमेत गराउँदै हिँडेका थिए भने प्रशासनलाई खबरदारी पनि गरेका थिए । अर्को पक्ष डाक्टरको पनि आफ्नै आन्दोलन थियो ।

सोमबार प्रहरी नियन्त्रणमा रहेका गुरुङमाथि अनुसन्धानको लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरिसकिएको छ । प्रशासनकै राेहबरमा अस्पतालसँग सहमति भएपनि प्रहरी प्रशासनबाट कारबाही प्रक्रिया अघि बढेको छ ।

सहमतिको बुँदामा मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाँउ लमजुङको सुन्दरबजारमा १० वर्षसम्म वर्षमा एक पटक विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर चलाउने, दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुबै पक्षले सहयोग गर्ने, बिनय गुरुङ उपर दर्ता भएको कसूर मुद्दामा कानूनी रित पु¥याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम आजैदेखि स्थगित गर्न दुबै पक्ष राजी हुने उल्लेख छ ।

यस घटनाले वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी बेदप्रकाश जोशीको सरूवा भयो भने अश्लील बोल्दै डाक्टर कुटेँ भन्ने इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।

सोहि घटनामा चिकित्सक पक्षबाट होहल्ला, नाराबाजीमा संलग्न फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेश कुमार वि.क.लाई समेत नियन्त्रणमा लिइएकोमा मंगलबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मिन बहादुर गुरुङको रोहबरमा डा. गिरधारी शर्माको जिम्मा लगाई छाडिएको  थियाे ।

यस्तै, डाक्टर कुट्ने विनय गुरूङ उपर दर्ता भएको कसूर मुद्दामा कानूनी रित पु¥याएर सहजीकरण गर्ने सहमति गरेर मणिपाल अस्पतालले तत्काल विज्ञप्ति जारी गरी डाक्टरको आन्दोलनमा ऐक्येवद्धता जनाउँदै चिकित्सकको माग पूरा नभई ओपिडी सेवा सञ्चालन नहुने बताएको छ ।

सम्बन्धित समाचारः

पोखरामा डाक्टरको आन्दोलन डामाडोल ! एनएमए चुप, रेजिडेन्ट डाक्टर मात्रै आन्दोलनमा

मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति

मणिपालमा डाक्टर कुटपिट प्रकरणः डीएसपी जोशीको सरुवा, बैदाम कमाण्ड अब राजेन्द्र श्रेष्ठलाई

मणिपालमा अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बनमा परे

मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते

संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]

माओवादी स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले दिए राजीनामा

पोखरामा डाक्टर कुटिएको बिरोधमा माइतीघर मण्डलामा चिकित्सकहरूको विरोध प्रदर्शन

पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात

लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ