रूपन्देहीको बुटवलस्थित कालिकानगरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकाे सालिक स्थापना गरिएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल-बेलहिया सडकखण्डअन्तर्गत बुटवल उपमहानगरपालिका-१०, कालिकानगरमा शाहकाे पूर्ण कदकाे सालिक स्थापना गरिएको हाे । बुटवलकाे कालिका मानविज्ञान माध्यमिक विद्यालयको मुख्य प्रवेशद्वार भन्दा उत्तरतर्फकाे सडकको बीचमा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको छ ।
बुटवल-१० का स्थानीयहरूले राष्ट्र निर्माणमा शाहकाे महत्त्वपूर्ण याेगदान रहेकाले सालिक निर्माण गरेको बताएका छन् । सालिक निर्माणका लागि बुटवल उपमहानगरपालिका र वडा कार्यालयबाट समेत रकम विनियाेजन गरिएको थियो । गत २७ पुसमा वडाध्यक्ष बलु पुनले शिलान्यास गरेको सालिक निर्माणमा अगुवाइ गरेका राप्रपाका नेता रुपसिंह थापाले बताए ।
थापाका अनुसार शाहकाे सालिक २७ पुसमा पृथ्वी जयन्तीका दिन अनावरण गरिनेछ । ढलाेटबाट निर्माण गरिएको शाहकाे पूर्ण कदकाे सालिक ७ फिटकाे रहेको छ ।
बुटवलको गोलपार्कमा त्रिभुवन, महेन्द्रपार्कमा महेन्द्र, चाराहमा वीरेन्द्रको सालिक थियो । ती शालिक भत्काएर त्यहाँ कांग्रेस कम्युनिष्ट नेताको सालिक स्थापना गरिएको छ । कानून र इतिहासका अध्यापक युवराज कंडेलले एकछिनको आवेगमा सालिक भत्काएर कसैको इतिहास मेट्न नहुने बताउँछन् ।
‘बनाइएका सालिकले त्यो क्षेत्रमा पहिचान बनाइसकेका थिए, त्यो फालेर के क्रान्ति भयो ? भौतिक वस्तुले इतिहास संरक्षण गर्ने हो, नयाँ बनाउनेले नयाँ ठाउँमा खोजेको भए हुने थियो, विश्वका धेरै देशमा इतिहास संरक्षणमा यस्ता पुराना सालिक देख्न पाइन्छ, तर यहाँ भावना र उत्तेजनाको राजनीति बढी भयो’, उनको टिप्पणी छ ।
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो