नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्ने बताएका छन् ।
‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति) लाई परिवर्तन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिवर्तन हुनुप¥यो’ शुक्रवार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले भने ।
नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको सम्मेलनमा बोल्ने नेता कार्यकर्ताहरूले गत (२०७९वैशाख) को स्थानीय निर्वाचन, टिकट वितरण लगायतको कुरा गरेपछि मुख्यमन्त्री पाण्डेले भने ‘अर्को चुनाव आउने बेला भई सक्यो, ३ वर्षपछि अर्को चुनाव हुन्छ, हामी हिजोको टिकट किन छुट्यो भने रोईकराई गरिरहेका छौँ, यो कहिले सम्म गरिरहने ?’
यही रोदनमा हुने हो भने अर्को पटक पनि चुनावको टिकट छुट्न सक्ने बताउँदै उनले आगामी निर्वाचनमा कसरी टिकट लिने र जित्ने भन्ने तर्फ लाग्न सुझाब दिए । ‘हिजो भएको हाम्रा कमीकमजोरीलाई करेक्सन गरेर अघि बढ्ने हो’ उनले भने ।
प्रत्येक नेता कार्यकर्तालाई आफू भन्दा माथिल्लो तहका नेताले केही गरेनन् भन्ने लाग्ने गरेको बताउँदै पाण्डेले भने ‘आफू मात्र असल देख्ने हाम्रो प्रवृत्ति खराब छ, हरेकले खराब प्रवृत्ति बदल्यौँ भने को खराब, को असल भनेर अलमलिनु पर्दैन ।’
वडा सभापति देखि केन्द्रीय सभापतिसम्मको अधिकार विधानमा लेखिएको बताउँदै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने कांग्रेसको सङ्गठन सुदृढीकरण र बिस्तार हुने बताए ।
गाउँघरमा हुने विकास आयोजनामा सहभागिता जनाउने, नेतृत्व गर्ने, जनतासँगको संवाद बाक्लो बनाएमा सङ्गठन बिस्तार गर्न सकिने उनले बताए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने